Section 13
केन्द्रको कोष

(१) केन्द्रको एउटा कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त अनुदान रकम,
(ख) कुनै विदेशी संस्था, सरकार वा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त रकम,
(ग) केन्द्रले प्रदान गरेको विभिन्न सेवाबाट प्राप्त रकम,
(घ) विभिन्न व्यक्तिहरुबाट प्राप्त अनुदानको रकम,
(ङ) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) केन्द्रको खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।

(३) नेपाल सरकार, विदेशी सरकार वा अन्तर्राष्ट्रिय संघ, संस्था वा व्यक्तिबाट जुन कार्यक्रम वा कार्यको निमित्त केन्द्रलाई रकम प्राप्त भएको छ, सो रकम सोही कार्यक्रम वा कार्यमा खर्च गर्नु पर्नेछ ।
(४) केन्द्रको कोषको सञ्चालन तोकिए बमोजिम हुनेछ ।